Friday , 5 June 2020

Home » Nepali Story: Katha » ति सानी नानी

ति सानी नानी (Ti Sani Nani)

May 22, 2014 7:16 am Category: Nepali Story: Katha 2 Comments A+ / A-

उनि त्यस्तै ८/१० वर्षकी थिइन्।माथी हरीयो रंगको पुरानो
देखीने मैलो भेस्ट र तल त्यस्तै पुरानो र मैलो निलो रंगको
फ्रक, धेरै दिन देखी ननुहाएको कैलो र सुख्खा देखीने
कपाल पछाडी पटि बाटेकी,खुट्टामा पुरानो कालो जाली
चप्पल लगाएकी र हातमा घास काट्नको लागी हँसीया,
काटेको घाँस राख्नको लागी  एउटा बोरा बोकेर बाबा
आमाको अगाडी लागेर उनि सधैँ त्यही पोसाकमा आउथिन्।
उनका बाबा आमाको पनि त्यहि अवस्था हो, पुराना र मैला कपडा,
खुट्टामा चप्पल समेत हुदैनथ्यो।उनका बाआमा अधबैँसे
उमेरका थिए।
हाम्रो कार्यालयको कम्पाउन्ड एरीया ठुलो थियो।
जसलाई काडेतारबार लगाएर सुरक्षित गरीएको थियो।
स्थानिय मानिसहरु घाँस काट्न भित्र आउँथे र वरीपरी
पलाएको घाँस काटेर लान्थे। तल्लो साईडमा त झन्डै २
रोपनी जति जमीनमा धान रोप्न पनि दीएको थियो
स्थानियलाई।सायद भाडामा दिएको थियो होला।
असार श्रावणको महिना, तराईको ठाउँ।एक छिनमा
घाम चर्केर आगोको लप्काले छोएजस्तो बनाउँथ्यो
र एकै छिनमा चर्के घामको दर्के पानी भने झैँ हावाहुरी र पानी
एकैसाथ रुमल्लिएर पर्दथ्यो।
आज पनि उनको दैनिकि त्यहि थियो। सधैँ झैँ आफ्ना
बाबाआमाको अगाडी लागेर आईन लुरुलुरु।
उनलाई आफ्नो बाआमाको अगाडी लागेर हिड्न पाउँदा
सुरक्षित महशुस हुन्थ्यो होला। उनलाई उनका बाले घाँस
काट्ने एरीया देखाईदिएर घाँस राख्ने एउटा बोरा पनि छोडेर
उनकी ममीलाई अगाडि लगाएर गफ गर्दै झन्डै १ कि. मी.
अगाडी भएको खेतमा गए।आज उनका बाबा आमा
धानको बिउ काडेर खेत रोप्ने योजनामा थिए।
प्रकृतिको आफ्नै नियम छ।उ आफ्नो नियम पुरा गर्न
तल्लिन थियो। १२सुर्य लागे जस्तै घाम चर्केर उनको
कलिलो छाला घामले डढाएर कालो बनाएको थियो।
उनि टुसुक्क बसेर घुडा मारेर घाँस काट्दैथिइन्।
बिचरी गर्मीले गर्दा पसीनाले भिजेर लुथ्रुक्क भएकी थिईन्।
परीवर्तित मौसमलाई कस्ले रोक्न सक्छ र?, एकछिनमा
आकाशमा बादल भरीन थाल्यो।एकै छिनमा आकाश
कालो भएर आयो।हावा सुईसुईति चल्न थाल्यो। हावाले
वरीपरीका बोटबिरुवा नुगाएर टुप्पोले भुईँ छुन्थ्यो।
सासै थुन्ला जस्तो हावा चल्न थाल्यो।झीलिक्क झीलिक्क
गरेर बिजुली चम्कन्थ्यो।दीउँसै अध्यारो भएर आयो।
वातावरण डरलाग्दो देखीन थाल्यो।भूमरी परेर पानी बर्षन
थाल्यो।मैले त्यो बेला उनिलाई संझेँ,उनि कहाँ होलिन?
हुन त उनि घास काट्ने ठाउँ नजिकै भवनहरु त थिए तर
ति सानि फुच्चिलाई त्यहाँ आएर बस्न पनि संकोच, डर, त्रास
आदिले दिएन होला। उनका बाआमा आफ्नै ज्यानको
सुरक्षामा लागे होला किनकी आफैँ बच्न मुस्किल पर्ने अवस्थाको
सृजना भएको थियो।म उनिभन्दा झन्डै ८०० मिटर
टाढाको भवनमा सुरक्षित थिएँ।मैले त्यहि बसेर ति सानि
नानीलाई संझिरहेँ तर केहि गर्न सकिनँ।
त्यो दिन
मौषमले प्रतिकुल गति लियो।पानी र हावा रुमल्लेर
परेको हुनाले बाहिर निस्कन सकिदैन्थ्यो।बेलुका सम्म नै
पानी आईरह्यो।
धेरै ठाउँमा धेरै क्षति पुऱ्‍यायो।
राति सुतुन्जेल सम्म पनि छानोको जस्ता पानीको पिटाइले
गर्दा दुखेसो पोखीरहेको थियो।
भोलीपल्ट फेरी एक नयाँ युगको उदय भयो।संसार
शान्त थियो।घामको पहेलो किरणले गरा गरा चुमेको
थियो।वरीपरी जमेको पानीमा घामको ज्योति परेर ऐना
जस्तै टल्केको थियो।चराहरुको चिरबिर चिरबिर
आवाजले वातावरण गुन्जायमान थियो।सीर सीर बतासले
रुखबिरुवाका कलिला पालुवा र जमीनको घाँस हल्लाईरहेको
थियो।फेरी नयाँ जोस र उमंग बोकेर समयले आफ्नो
गति लियो।
त्यो दिनको भोलिपल्ट त्यो परीवार आएन।
त्यो दिनको भोलिपल्ट त्यो परीवार आएन, पर्सी पल्ट पनि
आएन,अर्को दिन निकोपर्सी पल्ट उनका बुबा आफ्नी
श्रीमति अगाडी लगाएर उदासी अनुहार लिएर आए तर
उनि आईनन्। उनि आउछिन कि भनेर मैले लगातार
चार पाँच दिन हेरेँ तर उनि आईनन्।उनि किन आइनन् भनेर म
आफुलाई कौतुहल भए पनि मैँले उनका बाबाआमालाई
सोध्न सकीनँ। उनि आउछिन की भनेर म सधैँ प्रतिक्षा
गर्थे तर उनि कहिले आईनन्। ति फुच्चिलाई त्यो दिन देखी
मैले कहिले घाँस काट्न आएको देखीनँ। आज पनि नराम्रो सँग
झरी पऱ्‍यो भने म ति सानी फुच्चि केटिलाई संझन्छु र जब उनलाई
संझन्छु त्यो दिनको याद आउँछ, जुन दिन मैले उनलाई
अन्तिम पटक देखेको थिएँ अनि त्यो दिन भिषण पानी परेको र
हुन्डरी चलेको थियो।

ति सानी नानी Reviewed by on . उनि त्यस्तै ८/१० वर्षकी थिइन्।माथी हरीयो रंगको पुरानो देखीने मैलो भेस्ट र तल त्यस्तै पुरानो र मैलो निलो रंगको फ्रक, धेरै दिन देखी ननुहाएको कैलो र सुख्खा देखीने उनि त्यस्तै ८/१० वर्षकी थिइन्।माथी हरीयो रंगको पुरानो देखीने मैलो भेस्ट र तल त्यस्तै पुरानो र मैलो निलो रंगको फ्रक, धेरै दिन देखी ननुहाएको कैलो र सुख्खा देखीने Rating:

Comments (2)

  • bhola magar

    I like it Nepali kabita & katha

  • bhola magar

    I like it Nepali kabita + katha + gajal

Leave a Comment

scroll to top