Wednesday , 13 November 2019

Home » Nepali Story: Katha » गोविन्द गोपाल

गोविन्द गोपाल (Govinda Gopal)

June 6, 2013 9:14 am Category: Nepali Story: Katha 1 Comment A+ / A-

(भाग१)
भौगोलिक दृष्टिकोणले हाम्रो घर पहाड र
विकासको क्रममा हेर्दा गाउँमा थियो।
बाबाआमाम र भाई गरी चार जनाको परीवार थियो हाम्रो।
बाबाआमा भगवान विष्णुको भक्त हुनुभएकोले
हामी पनि भगवान विष्णु जस्तै बन्न सकौँ भनेर मेरो नाम गोबीन्द र भाईको
नाम गोपाल राखीदिनु भएको थियो।बाबा खेतिको समय छलेर भारतको
कालेबुङ्ग भन्ने ठाउँमा धेरथोर आयआर्जन गर्न जानु हुन्थ्यो।असार र
मंसीरमा चाहिँ प्राय घरमै बस्नुहुन्थ्यो,किनकी हामी सानै थियौँ।किसानका
लागी असार मंसीर धेरै काम गर्नु पर्ने हुन्छ, जुन आमा एक्लैले धान्न
सक्नुहुन्नथ्यो।हाम्रा दिदीबहीनी थिएनन्।आमाका साथी
भनेकै हामी थियौँ।त्यसैले सानो उमेर देखी नै आमालाई काममा हामीले
सघाउनुपर्ने बाध्यता थियो हामीसँग।पधेराबाट पानी ल्याउने,घरमा कुचो
लगाउने,खाना बनाउने,बिदाको दिन गोठालो जाने र टाउकोमा
एक बिटो दाउरा बोकेर ल्याउने जस्ता काम हामीले सानै उमेर देखी गर्नुपर्थ्यो।
      उमेर थपिदै जाँदा हाम्रो लागी काम पनि थपिदैगयो।अब म
आमालाई खेतिको काममा, मेलापातमा सघाउन थालेँ भने घरको काम भाईले
नै धान्नु पर्ने भयो।हामी दाजुभाईमा कहिल्यै नामको प्रयोग भएन।
भाइ मलाई दाई र म उसलाई भाई भनेर बोलाउँथ्यौ।मलाई भाईको
एकदमै माया लाग्दथ्यो।खेल्दा,काम गर्दा,पढ्दा,होमवर्क गर्दा
सँगसँगै गर्थ्यौ। एकअर्काका साथि हामी आफैँ थियौँ।हामी दुबैमा कुनै
कुलत र कुआदत थिएन।घरमा त्यतिका काम गर्नुको बाबजुद पनि
हाम्रो पढाई तेजिलो थियो। हामी आआफ्नो क्लासको फस्टवइ थियौँ।हाम्रो
आर्थिक अवस्था दयनिय नै थियो।बाबाले कमाएर नल्याए आफ्नो खेतिले
वर्षदिनभरी खान पुग्दैनथ्यो।जेहोस हाँसीखुसी नै जेनतेन
गुजारा चलाएका थियौँ।
        भखरै बर्षा ऋतु सकिएर शरद ऋतुको आगमन हुदैथियो।
वर्षाभरी पानीले बनाएको हिलो अब बिस्तारै ओभानो हुदैजाँदैथियो।बादल
फाटेको सफा कञ्चन निलो आकासले पृथ्वीलाई माथिबाट ढाकेको
थियो।घर वरीपरीको
बारीमा सयपत्रि,मखमली, गोदावरी आदि फूल फुलेर वरीपरी सुगन्ध छरीरहेको
थियो। बेशीँमा पोखरेली, मार्सी धानहरु पहेँलै भएर लहलह लर्केको थियो।हरेक
अनुहार खुसी र उत्साहित
देखिन्थे।मान्छेहरुको चहलपहल बढेको थियो।बजारबाट सामान
ओसार्नेको लाईन देखिन्थ्यो।यो असोजको महिना रहेछ र दशैँको
माहोल रहेछ।यसपालीको दशैँमा हाम्रो बाबा पनि आउने कुरा थिए।त्यसैले
दशैँको लागी भनेर आफ्नै खोरको घोर्ली बाख्रोले पाएको बोको हामीले
पोहोर देखी पालेर राखेका थियौँ।सबैका घरमा लाहुरे आउन थालेका थिए।
जमारे औँशी आयो। हामीले पनि उत्शाहका साथ जमारा राख्ने काम
गऱ्‍यौँ।यसपालीको विजया दशमीको टिका असोजको २७गते परेको
थियो।असोजको २२गते बिहान रेडियोले एउटा दुखद समाचार
सुनायो।एउटा यात्रुबाहक बस कृष्णभिरमा माओबादिको एम्बुसमा
परी१९जनाको घटनास्थलमै मृत्यु र २७जना घाईतेको
काठमान्डौमा उपचार हुदैथियो। यो खबर सनसनी फैलदै गयो र
बिस्तृतरुप लियो।कल्पना नै नगरेको यस दुर्घटनामा हाम्रा सृष्टिकर्ता तथा
पालनकर्ता,हाम्रो आदर्शका धरेहर,जिन्दगीको छहारी,जिवनका संरक्षक
बाबा पनि पर्नु भएछ।यो वियोग कसरी सहनु?आमा बेहोस हुनुभयो। भाई र म क्वाँ क्वाँ रोयौँ।बाबाको त्यो अवस्था र आमाको यो
हालतले हामीलाई झन बिचलित बनायो। म आमालाई संझाउन
सक्नेहालतमा थिईनँ किनकी मलाई पनि अरु कसैले संझाउँदैथिए।
भाई मेरो छातिमा टाँसीएर रुन्थ्यो,म उसलाई सुम्सुम्याउथेँ।म
सनाखतकोलागी घटनास्थल जानुपर्ने भयो।२जना अंकल सँग म
घटनास्थल गएँ।ऐले सम्म धुवा उड्दै थियो। चारैतिर विभत्स देखीन्थ्यो।ठाउँ
ठाँउमा रगत दल्पत्तेको टाटाहरु देखीन्थे। एक किसीमको नमिठो गन्ध
आईरहेको थियो।…

Pages →  1 2 3 4 5 6 7 8 9

गोविन्द गोपाल Reviewed by on . (भाग१) भौगोलिक दृष्टिकोणले हाम्रो घर पहाड र विकासको क्रममा हेर्दा गाउँमा थियो। बाबाआमाम र भाई गरी चार जनाको परीवार थियो हाम्रो। बाबाआमा भगवान विष्णुको भक्त हुनु (भाग१) भौगोलिक दृष्टिकोणले हाम्रो घर पहाड र विकासको क्रममा हेर्दा गाउँमा थियो। बाबाआमाम र भाई गरी चार जनाको परीवार थियो हाम्रो। बाबाआमा भगवान विष्णुको भक्त हुनु Rating:

Comments (1)

  • Basnet RK

    साँच्चिकै देश भक्ति र मन छुने कथा

Leave a Comment

scroll to top