Monday , 23 September 2019

Home » Nepali Song: Geet » गाउँ
गाउँ

गाउँ (Gaun)

January 30, 2014 8:45 am Category: Nepali Song: Geet Leave a comment A+ / A-

छातिभित्र राखेको छु मैले मेरो गाउँलाई जिवनमा पहीलो पटक श्वास लिएको ठाउँलाई। सुनको शहर देखिने ति हिमालका टाकुरा पहाड फोरी मोति झिक्ने बलिया पाखुरा मिर्मिरेमा भाले बास्छ ब्युझाउँछ गाउँलाई प्रकृतिले राज गरेको त्यो शुन्दर ठाउँलाई। गुराँस हाँस्छ, डाँफे नाच्छ, मुनाल गाउँछ छहरा शुसेल्दछ,बतासको धुन आउँछ मादलले घिन्ताङ-घिन्ताङ सुनाउँछ गाउँलाई बासुरी, खैजेडी र डम्फुरेको ठाउँलाई। वैद्यको जडीबुटी, झाक्रीको झारफुक उत्शवमा खुसी सबै बिपदमा भाबुक दु:खसुख साथ सहयोगले जिवित राख्छ गाउँलाई मकै र भटमास अनि गुन्द्रुकको ठाउँलाई।

गाउँ Reviewed by on . छातिभित्र राखेको छु मैले मेरो गाउँलाई जिवनमा पहीलो पटक श्वास लिएको ठाउँलाई। सुनको शहर देखिने ति हिमालका टाकुरा पहाड फोरी मोति झिक्ने बलिया पाखुरा मिर्मिरेमा भाल छातिभित्र राखेको छु मैले मेरो गाउँलाई जिवनमा पहीलो पटक श्वास लिएको ठाउँलाई। सुनको शहर देखिने ति हिमालका टाकुरा पहाड फोरी मोति झिक्ने बलिया पाखुरा मिर्मिरेमा भाल Rating: 0

Leave a Comment

scroll to top