Thursday , 18 July 2019

Home » Nepali Song: Geet » देउसी खेल्न भनेर आएको

देउसी खेल्न भनेर आएको (Deusi Geet Bhailo)

October 28, 2014 8:15 am Category: Nepali Song: Geet Leave a comment A+ / A-

देउसी खेल्न भनेर आएको, यत्ती ठूलो महल भेट्टाएको।
खेलौं देउसी भएर जम्मा, आगन देखि पिँडीको डिल सम्म।

अा है घरवेटि ममी, देउसी रे !
है आयौँ त हामी, देउसी रे !
ए घरवेटी बाबा, देउसी रे !
है निस्कीनुस् अब, देउसी रे !
ए यो कात्तिक जनाउँ, देउसी रे !
चाडबाड मनाउँ, देउसी रे !
हामी उसै आएनौँ, देउसी रे !
नआई सुख पाएनौँ, देउसी रे !
ए आदेश ठाडो, देउसी रे !
वलीराजाको, देउसी रे !
ए पाए पछि आयौँ, देउसी रे !
बिन्ति बिसायौँ, देउसी रे !

कालो कात्तिक भनेर जनाउँन, देउसी खेली चाडबाड मनाउँन।
हजुरको घरमा आका छौँ, देउसी खेलौँ भनी गीच गाका छौँ।

आ है अौँशीको रातमा, देउसी रे !
है बत्ती लिइ साथमा, देउसी रे !
है विष्णुलाई भेट्न, देउसी रे !
है लक्ष्मी देख्न, देउसी रे !
लडदै र पर्दै, देउसी रे !
है रहर गर्दै, देउसी रे !
ए यो महलमा आयौँ, देउसी रे !
है बिन्ति बिसायौँ, देउसी रे !
है दर्शन दिनुस्, देउसी रे !
है शरणमा लिनुस्, देउसी रे !

झलमल्ल पहेलो प्रकाश,चोठा कोठा हेर क्या राम्रोछ।
सुनको दरबार देख्दैछौँ यो घर, के भाको हो यो हाम्रो नजर

आ है आइएछ दरबार, देउसी रे !
है क्या राम्रो घरबार, देउसी रे !
है झिली र मिली, देउसी रे !
बत्ती पिलिपिलि, देउसी रे !
सजावट कस्तो, देउसी रे !
सिँहदरबार जस्तो, देउसी रे !
आ है आगन कस्तो, देउसी रे !
है टुडिखेल जस्तो, देउसी रे !
है घरवेटि कस्ता, देउसी रे !
विष्णुलक्ष्मी जस्ता, देउसी रे !
आ है बैठक रुम कस्तो, देउसी रे !

हजुरको घर पनि कस्तो छ, राष्टपति निवास जस्तो छ।
राम्रो मान्छे राम्रै छ घर पनि, हजुरको लाग्दछ भर पनि।

आ है त्यो ठूलो छाति, देउसी रे !
है नजर हामी माथी, देउसी रे !
भन मेरा भाइ हो, देउसी रे !
लौ बेला यही हो, देउसी रे !
ए राम्ररी भन, देउसी रे !
जित्नु पर्छ मन, देउसी रे !
है मनमनमा गुनि, देउसी रे !
कति दिउँ भनी, देउसी रे !
है हामीलाई थाहा छ, देउसी रे !
है खासखुस भा छ, देउसी रे !

देउसी खेल्न भनेर आएको Reviewed by on . देउसी खेल्न भनेर आएको, यत्ती ठूलो महल भेट्टाएको। खेलौं देउसी भएर जम्मा, आगन देखि पिँडीको डिल सम्म। अा है घरवेटि ममी, देउसी रे ! है आयौँ त हामी, देउसी रे ! ए घरव देउसी खेल्न भनेर आएको, यत्ती ठूलो महल भेट्टाएको। खेलौं देउसी भएर जम्मा, आगन देखि पिँडीको डिल सम्म। अा है घरवेटि ममी, देउसी रे ! है आयौँ त हामी, देउसी रे ! ए घरव Rating: 0

Leave a Comment

scroll to top