Wednesday , 19 June 2019

Home » Nepali Song: Geet » देउसी गीत

देउसी गीत (Deusi Geet)

October 28, 2014 8:07 am Category: Nepali Song: Geet Leave a comment A+ / A-

आ है देउसी भन सब, देउसी रे !

है आउन लाग्यो अब, देउसी रे !

नाङ्लो माथी धान चामल हालेर,सुनको थालमा दियो नि बालेर।
घरवेटि बा हो कति मजाको, दक्षिणा नि के बिदी सजाको।
आ है बाबाको मन, देउसी रे !

है आकास समान, देउसी रे !

है विशाल छाति, देउसी रे !

है रै छ धेरै माथि, देउसी रे !

देउसेलाई भनी, देउसी रे !

है दक्षिणा गनि, देउसी रे !

है देउसेको मन, देउसी रे !

खुसी पारीकन, देउसी रे !

दक्षउणा हाले, देउसी रे !

देउसे नाच्न थाले, देउसी रे !

आशीर्वाद दिदै छौँ हजुरलाई, दुःख पीडा नहोस् है कसैलाई।
चिन्ता नहोस हजुरको मनमा,सुख शान्ति छाओस् है जिवनमा।
आ है माटो छुदा अन्न होस्, देउसी रे !
ढुङ्गा छुदा द्रव्य होस्, देउसी रे !
पानी छुदा तेल होस्, देउसी रे !
आ है सीप ज्ञानमा पोख्त, देउसी रे !
रोगबाट मुक्त, देउसी रे !
भलो होस् सबको, देउसी रे !

यी देउसेका आशीक लिनुहोस्,अब हामलाई बिदा नि दिनुहोस् ।
भ्याउनु पर्ने यो सारा संसार, हाम्रो आफ्नेेै संस्कृति अनुसार ।

देउसी गीत Reviewed by on . आ है देउसी भन सब, देउसी रे ! है आउन लाग्यो अब, देउसी रे ! नाङ्लो माथी धान चामल हालेर,सुनको थालमा दियो नि बालेर। घरवेटि बा हो कति मजाको, दक्षिणा नि के बिदी सजाको आ है देउसी भन सब, देउसी रे ! है आउन लाग्यो अब, देउसी रे ! नाङ्लो माथी धान चामल हालेर,सुनको थालमा दियो नि बालेर। घरवेटि बा हो कति मजाको, दक्षिणा नि के बिदी सजाको Rating: 0

Leave a Comment

scroll to top