Monday , 23 September 2019

Home » Nepali Song: Geet » असारे गीत
असारे गीत

असारे गीत (Asare Geet)

July 1, 2013 6:03 pm Category: Nepali Song: Geet Leave a comment A+ / A-

केटा- यो असारे झरी, पर्छ लै बरी वारीपारी घेरेर ए मेरी सानी, यो दिलकी रानी वारीपारी घेरेर , अरे हामी सीत, गाईदेउन त गीत मनको धोको फेरेर यो आजको मेला, भेट भएको बेला गाईदेउ धोको फेरेर केटी- हाम्रा बाका घरमा भेडा र बाख्रा चराउनलाई बन छैन मान्छेको चापले, यो कलिको पापले चराउनलाई बन छैन, तिमीर जस्तो अल्लारे सीत गीत गाउँनलाई मन छैन पहाडकी छोरी, यो सोझी मोरी गीत गाउँनलाई मन छैन केटा- घोडा त बस्ने तबेला भन्छन् माछा बस्ने ठाउँलाई कुर धाराको पानी, ए सानी नानी माछा बस्ने ठाउँलाई कुर म सँग जाने भए देखी मैँयाँ पुऱ्‍याई दिउँला मनको सुर जागीर खान्छु, सँगसँगै लान्छु पुऱ्‍याईदिउँला मनको सुर केटी- तिम्ले जागीर खार काम गर्नु पर्छ सधैँ अर्काको डरमा पाउनलाई दाम, गर्नु पर्छ काम सधैँ अर्काको डरमा छ भने माया दिलको दायाँबायाँ माग्न आउत घरमा पानीको फोका, दिन्नौ भने धोका माग्न आउत घरमा

असारे गीत Reviewed by on . केटा- यो असारे झरी, पर्छ लै बरी वारीपारी घेरेर ए मेरी सानी, यो दिलकी रानी वारीपारी घेरेर , अरे हामी सीत, गाईदेउन त गीत मनको धोको फेरेर यो आजको मेला, भेट भएको बे केटा- यो असारे झरी, पर्छ लै बरी वारीपारी घेरेर ए मेरी सानी, यो दिलकी रानी वारीपारी घेरेर , अरे हामी सीत, गाईदेउन त गीत मनको धोको फेरेर यो आजको मेला, भेट भएको बे Rating: 0

Leave a Comment

scroll to top