Saturday , 25 May 2019

Home » Nepali Poem: Kabita » बिदेशिएका आफन्त
बिदेशिएका आफन्त

बिदेशिएका आफन्त (Bideshiyeka Afanta)

July 28, 2018 2:14 pm Category: Nepali Poem: Kabita Leave a comment A+ / A-

हुरि बतास हुन्डरिले, गाउँ घर छरपस्ट पारे
रुँदै एक्लै छट्पटिँदै, म त अलमल्ल परेँ।

आफन्तले छाडी गए, सात डाँडा पारी
अब भेट नहुंने हो कि, यो जिन्दगी भरी।

हाँस्थिउँ खेल्थिउँ रमाइलो हुन्थ्यो, गाउँ घर सबै छँदा
स्वर्ग झैं आनन्द न्यानो लाग्थ्यो, आमाको साथमा रहँदा।

दसैं तिहार झिलिमिली, गाउँ घर रमाइलो हुन्थ्यो
निधार भरी टीका लगाइ, बाउले आशीर्वाद दिनुन्थ्यो।

नाच्दै गाउँदै मादल बजाउँदै, देउसी खेल्न जान्थ्यो
चेलीको हातको टीका लगाइ, सगुन पानी खान्थ्यो।

हिलो छ्याप्दै रोपाई हिँडेको, हिजो जस्तो लाग्छ
आफ्नै गाउँ जन्मेको ठाउँ, उराठ-उराठ लाग्छ ।

दस नङ्ग्री ख्याको पुर्खाको माटो, रमाइलो त्यो हाम्रो गाउँ ,
सबैले चट्ट छाडेर गए, अब म काहाँ जाँउ।

गाउँ घर खेती सम्हाल्ने, अर्कै आए धनी
न्याउल रुन्छ कुहु-कुहु, गाउँमा अझै पनि।

गाउँ घर सुन्य लाग्छ, मनै अडिँदैन,
मनको ब्याथा कस्लाइ पोखौँ, सुन्ने कोही छैन।

आज भोली आफन्तले, बिर्सिदैँ गए
बिदेशको हावाले, सबै पराइ भए।

आफ्नो भन्ने कोहि छैन, याहाँ एक्लो भएँ
आमा-बाउको यादले, कती रुएँ रुएँ
आमा-बाउको यादले कती रुएँ रुएँ  ।।

————————–
By RB Gurung

बिदेशिएका आफन्त Reviewed by on . हुरि बतास हुन्डरिले, गाउँ घर छरपस्ट पारे रुँदै एक्लै छट्पटिँदै, म त अलमल्ल परेँ। आफन्तले छाडी गए, सात डाँडा पारी अब भेट नहुंने हो कि, यो जिन्दगी भरी। हाँस्थिउँ हुरि बतास हुन्डरिले, गाउँ घर छरपस्ट पारे रुँदै एक्लै छट्पटिँदै, म त अलमल्ल परेँ। आफन्तले छाडी गए, सात डाँडा पारी अब भेट नहुंने हो कि, यो जिन्दगी भरी। हाँस्थिउँ Rating: 0

Leave a Comment

scroll to top