Wednesday , 15 July 2020

Home » Nepali Lyrics: Geet » दिदी
दिदी

दिदी (Didi)

May 20, 2013 3:44 pm Category: Nepali Lyrics: Geet Leave a comment A+ / A-

तिज र दशैँ, तिहार आउँदा संझन्छु दिदिलाई तिमीलाई दिदि भगवति मानी पुज्दछ तिम्रो भाई तिमीले दिदि टेकेको आगन पवित्र हुन्छ रे तिमीलाई दुःख परेमा दिदि भाइको मन रुन्छ रे जन्मकी दिदि हुर्कायौ मलाई कर्म कि आमा भै खान, बोल्न, हिँड्न सीकायौ तिमीले आफु झैँ नमान्दा खान कोखाइ- कोखाइ भनेर खुवायौ नसक्दा हिड्न ताते नानी भनेर डुलायौ तिम्रो त्यो न्यानो मायामा दिदि हराउन पाउँदा सुकोमल तिम्रा हातले मेरो टाउको सुम्सुम्याउँदा उत्पन्न हुन्छ यो मेरो मनमा शक्ति अपार तिम्रो माया र ममताले जित्दछु संसार

दिदी Reviewed by on . तिज र दशैँ, तिहार आउँदा संझन्छु दिदिलाई तिमीलाई दिदि भगवति मानी पुज्दछ तिम्रो भाई तिमीले दिदि टेकेको आगन पवित्र हुन्छ रे तिमीलाई दुःख परेमा दिदि भाइको मन रुन्छ तिज र दशैँ, तिहार आउँदा संझन्छु दिदिलाई तिमीलाई दिदि भगवति मानी पुज्दछ तिम्रो भाई तिमीले दिदि टेकेको आगन पवित्र हुन्छ रे तिमीलाई दुःख परेमा दिदि भाइको मन रुन्छ Rating: 0

Leave a Comment

scroll to top