Wednesday , 15 July 2020

Home » Nepali Gazal » एकतर्फी माया
एकतर्फी माया

एकतर्फी माया (Ek Tarfi Maya)

May 24, 2013 5:23 pm Category: Nepali Gazal 1 Comment A+ / A-

सजाउँछ्यौ कि दिलमा भनि सधैँ तिम्रो नजिक आएँ
एक कित्ता ठाउँ देउ दिलमा भनि मैले बिन्ति लाएँ

उमंग छर्छ्यौ तिमी पुर्णिमाको चन्द्रमा भै
त्यो चन्द्रमा दिलभित्रको आकाशमा सजाउन चाहेँ

तिमीलाई नै देखेँ मैले नवदुर्गा भगवति
मनमन्दिरकी देवि मानी मैले तिम्रै भजन गाएँ

भ्रममा रहेछु म, तिम्रो बाटो अलग रैछ
एकोहोरो मायाको प्रतिफल आज खाएँ
तिमी बस्छ्यौ रानी बनि हृदयमा राज गरी
निस्केर जाउ तिमी पनि मैले मात्र कष्ट पाएँ

एकतर्फी माया Reviewed by on . सजाउँछ्यौ कि दिलमा भनि सधैँ तिम्रो नजिक आएँ एक कित्ता ठाउँ देउ दिलमा भनि मैले बिन्ति लाएँ उमंग छर्छ्यौ तिमी पुर्णिमाको चन्द्रमा भै त्यो चन्द्रमा दिलभित्रको आकाश सजाउँछ्यौ कि दिलमा भनि सधैँ तिम्रो नजिक आएँ एक कित्ता ठाउँ देउ दिलमा भनि मैले बिन्ति लाएँ उमंग छर्छ्यौ तिमी पुर्णिमाको चन्द्रमा भै त्यो चन्द्रमा दिलभित्रको आकाश Rating: 0

Comments (1)

  • vijay kumar bohara

    मलाई त सर्ही लग्यो

Leave a Comment

scroll to top