Sunday , 5 February 2017

Home » Nepali Story: Katha » ती दिनहरु

ती दिनहरु (Those Days)

November 29, 2014 8:35 am by: Category: Nepali Story: Katha 1 Comment A+ / A-

rice-plant-cutting मंसीरको बेला,पहाडी गाउँमा धान काटेर दाइँ हाल्ने बेला, असारमा मानु खाई रोपेको धान मुरी बनाएर भकारीमा भित्र्याउने बेला हो यो। चाडपर्वको आलो बिदाई सँगै खेतमा धानको काम गर्ने पालो आउँछ यहाँ। भर्खरै मिठोमसीनो खाएर तङ्ग्रीएका मान्छे धान भित्र्याउने युद्दमा आफुलाई होमीदिन्छन् र विजय हासील गरी आ-आफ्नो भकारी भर्दछन्। हेमन्त ऋतुसँगै जाडोले आफ्नो अधिकार बर्चश्व जमाउँदछ।खासै पानीको मौषम पनि होइन यो। बर्षिहाले पनि सीमसीम र केहि समयको लागी मात्र हो। मुसलधारे र हप्तौँ लामो झरीको सामना यतिबेला गर्नु पर्दैन। बरु कहिलेकाहीँ सेतिगेडीको वृष्टि चाहिँ हुन्छ। महिनाको अन्तिमतिर माथि माथि धारे डाँडामा कपासको सेतो थुप्रो देखीन थाल्दछ। दिउँसो त खासै वास्ता हुदैन, तर बिहान बेलुका चाहि जाडोले सातो खिच्न थालिसकेको हुन्छ। वातावरणको के कुरा गर्नु, हिउँदे सुख्खा सुरु भैसकेको हुन्छ। बेँसी हेरे तस्बिरको पृष्ठभुमी जस्तो उराठ लाग्दो भएर लम्पसार परेको हुन्छ। काचुली फेर्न तम्तयार जंगल हरीयोबाट बिस्तारै पिताम्बर ओढ्दै हुन्छ र वातावरण पिताम्बरधारी बाबाजी जस्तै देखीन्छ। दायाँबायाँ तालु खुईले राता डाँडाहरु देखीन्छन्। मंसीर महिना जात्रामात्रा र बिहेपुजाको चैँ राजा नैँ हो। हरीबोधनी(ठुली) एकादशीमा तामाकोशीमा फुल तार्नेको के बयान? पञ्चेबाजा सहित नाचगान हुँदा स्वर्गको इन्द्रसभाको अप्सराको नाच भन्दा कम हुदैन। बाबियोको डोरीमा बनाएको फुलको माला कोशी तार्नुको रमाईलोको के कुरा भयो र? धान्यपुर्णिमामा रामभोलेमा उस्तै रमाईलो जात्रा लाग्ने। बालाचतुर्दशीमा वैति महादेव मन्दिरमा र वैसाके महादेव खर्कमा राति बत्ति बाल्ने भोलीपल्ट बिहान सतबिउ छर्नेबेला झन रमाईलो।बिहे पुजाको त झन के कुरै नगरौँ। कक्षा छ मा अध्ययनरत म पातलो दुब्लो, खिनौटे, मरन्च्यासे,खानेबेलामा बाहीर निकाले जस्तो थिएँ। आफ्नो अनुहार देख्दा आफैँलाई जोकर जस्तो लाग्थ्यो । शरीरको हाडलाई पातलो छालाले ढाकोको, भित्र पसेका गाला, आँखा भित्र पसेर गहिरो इनारमा पानी टल्के जस्तै टल्किन्थे। लामा-लामा हातपाखुरा तुन्द्रुङ्ग झुन्डीएका,पेट भित्र पसेकोले बच्चा मैँ बुढो जस्तो कुक्रुक्क देखीन्थ्यो। साँच्चै उचाई अनुसार मोटाई भएन भने बहुतै असोभनिय देखीँदो रहेछ। त्यसैले कोहिबेला अलि फुर्ति देखाउन खोज्यो भने बाबाले “अनुहार न दनुवार, पाण्डव सुनुवार” भनेर मेरो उठेको जाँगरलाई थेच्याईदिनु हुन्थ्यो। स्कुल गएर बचेको समयमा घरमा काम सघाउनु पर्थ्यो। झन मंसीरमा त काम चौपट्टै हुन्छ। अलीअली काम गर्न सक्ने सबैका लागी काम छुट्याएको हुनथ्यो। अरु त म पनि के गर्न सक्थेँ र? तर दाइँमा गोरु घुमाउने कामको टेन्डर मलाइ परेको थियो। साथि आईदिए त रमाइलै हुन्थ्यो, पराल छिरोल्दै, घुकुति खेल्दै मियोमा गोरु घुमाउन, नत्र त उहि ठुलाबडाको हासीमजाकको पात्र मात्र भइन्थ्यो। दाईँ पनि कोहिबेला त रातिनै हाल्नु पर्थ्यो। दिनमा त कोहिबेला साथीहरु पनि आउँथे तर रातमा त को आउने? कोहिबेला त गोरु घुमाउँदा घुमाउँदै निन्द्रा देबीको उन्मत्त बैँशले मदहोशी भई पराल माथी नै ढलिन्थ्यो।जब ढल्यो अनि झसंङ भईन्थ्यो अनि जुरुक्क उठेर आफ्नो गोरु ड्राईभ गर्ने काम सुचारु गरीन्थ्यो, नभए त गाली खाइहालिन्थ्यो। फेरी गोरुले हगेको पनि हेर्नु पर्ने। गोरुले हग्ने बेलामा दुई हात अंजुली पारेर थाप्नु पर्थ्यो। यदि तल खस्यो भने टिपेर फाल्नु पर्थ्यो, कति बेला त गोरुले हगेको पनि पत्तो पाईदैन्थ्यो, पछि पराल भारी बाँध्न निकाल्दा पुरै दलपतिएको भेटिन्थ्यो। साँचै पहिलेका मान्छेमा दया भन्नेकुरा चैँ नहुने नै हो गाँठे। कति गाली गर्थे मलाइ।

ती दिनहरु Reviewed by on . मंसीरको बेला,पहाडी गाउँमा धान काटेर दाइँ हाल्ने बेला, असारमा मानु खाई रोपेको धान मुरी बनाएर भकारीमा भित्र्याउने बेला हो यो। चाडपर्वको आलो बिदाई सँगै खेतमा धानको मंसीरको बेला,पहाडी गाउँमा धान काटेर दाइँ हाल्ने बेला, असारमा मानु खाई रोपेको धान मुरी बनाएर भकारीमा भित्र्याउने बेला हो यो। चाडपर्वको आलो बिदाई सँगै खेतमा धानको Rating: 0

About Saugat.Ch

म साधारण मान्छे र मलाई साहित्यमा अति नै रुची छ। मलाई कथा, कविता, निबन्ध, उपन्यास, गीत आदि लेख्न एकदमै मन लाग्छ। जस कारण आज म यो "डुबुल्की"(site) को माध्यमबाट साहित्य छेत्रमा प्रवेश गर्दै केही योगदान दिने उदेश्यले कलम चलाउदै छु। आशा छ यहाँहरुलाई मेरो लेख रचना मनपर्नेछ र साथमा सल्लाह र सुझावको अपेक्ष्या पनि गर्दछु। धन्यवाद!!!

Comments (1)

  • Basnet RK

    ali apuro lagyo

Leave a Comment

scroll to top