Sunday , 5 February 2017

Home » Nepali Song: Geet » देउसी खेल्न भनेर आएको

देउसी खेल्न भनेर आएको (Deusi Geet Bhailo)

October 28, 2014 8:15 am by: Category: Nepali Song: Geet Leave a comment A+ / A-

देउसी खेल्न भनेर आएको, यत्ती ठूलो महल भेट्टाएको। खेलौं देउसी भएर जम्मा, आगन देखि पिँडीको डिल सम्म। अा है घरवेटि ममी, देउसी रे ! है आयौँ त हामी, देउसी रे ! ए घरवेटी बाबा, देउसी रे ! है निस्कीनुस् अब, देउसी रे ! ए यो कात्तिक जनाउँ, देउसी रे ! चाडबाड मनाउँ, देउसी रे ! हामी उसै आएनौँ, देउसी रे ! नआई सुख पाएनौँ, देउसी रे ! ए आदेश ठाडो, देउसी रे ! वलीराजाको, देउसी रे ! ए पाए पछि आयौँ, देउसी रे ! बिन्ति बिसायौँ, देउसी रे ! कालो कात्तिक भनेर जनाउँन, देउसी खेली चाडबाड मनाउँन। हजुरको घरमा आका छौँ, देउसी खेलौँ भनी गीच गाका छौँ। आ है अौँशीको रातमा, देउसी रे ! है बत्ती लिइ साथमा, देउसी रे ! है विष्णुलाई भेट्न, देउसी रे ! है लक्ष्मी देख्न, देउसी रे ! लडदै र पर्दै, देउसी रे ! है रहर गर्दै, देउसी रे ! ए यो महलमा आयौँ, देउसी रे ! है बिन्ति बिसायौँ, देउसी रे ! है दर्शन दिनुस्, देउसी रे ! है शरणमा लिनुस्, देउसी रे ! झलमल्ल पहेलो प्रकाश,चोठा कोठा हेर क्या राम्रोछ। सुनको दरबार देख्दैछौँ यो घर, के भाको हो यो हाम्रो नजर आ है आइएछ दरबार, देउसी रे ! है क्या राम्रो घरबार, देउसी रे ! है झिली र मिली, देउसी रे ! बत्ती पिलिपिलि, देउसी रे ! सजावट कस्तो, देउसी रे ! सिँहदरबार जस्तो, देउसी रे ! आ है आगन कस्तो, देउसी रे ! है टुडिखेल जस्तो, देउसी रे ! है घरवेटि कस्ता, देउसी रे ! विष्णुलक्ष्मी जस्ता, देउसी रे ! आ है बैठक रुम कस्तो, देउसी रे ! हजुरको घर पनि कस्तो छ, राष्टपति निवास जस्तो छ। राम्रो मान्छे राम्रै छ घर पनि, हजुरको लाग्दछ भर पनि। आ है त्यो ठूलो छाति, देउसी रे ! है नजर हामी माथी, देउसी रे ! भन मेरा भाइ हो, देउसी रे ! लौ बेला यही हो, देउसी रे ! ए राम्ररी भन, देउसी रे ! जित्नु पर्छ मन, देउसी रे ! है मनमनमा गुनि, देउसी रे ! कति दिउँ भनी, देउसी रे ! है हामीलाई थाहा छ, देउसी रे ! है खासखुस भा छ, देउसी रे !

देउसी खेल्न भनेर आएको Reviewed by on . देउसी खेल्न भनेर आएको, यत्ती ठूलो महल भेट्टाएको। खेलौं देउसी भएर जम्मा, आगन देखि पिँडीको डिल सम्म। अा है घरवेटि ममी, देउसी रे ! है आयौँ त हामी, देउसी रे ! ए घरव देउसी खेल्न भनेर आएको, यत्ती ठूलो महल भेट्टाएको। खेलौं देउसी भएर जम्मा, आगन देखि पिँडीको डिल सम्म। अा है घरवेटि ममी, देउसी रे ! है आयौँ त हामी, देउसी रे ! ए घरव Rating: 0

About Saugat.Ch

म साधारण मान्छे र मलाई साहित्यमा अति नै रुची छ। मलाई कथा, कविता, निबन्ध, उपन्यास, गीत आदि लेख्न एकदमै मन लाग्छ। जस कारण आज म यो "डुबुल्की"(site) को माध्यमबाट साहित्य छेत्रमा प्रवेश गर्दै केही योगदान दिने उदेश्यले कलम चलाउदै छु। आशा छ यहाँहरुलाई मेरो लेख रचना मनपर्नेछ र साथमा सल्लाह र सुझावको अपेक्ष्या पनि गर्दछु। धन्यवाद!!!

Leave a Comment

scroll to top