Saturday , 4 February 2017

Home » Nepali Song: Geet » देउसी गीत

देउसी गीत (Deusi Geet)

October 28, 2014 8:07 am by: Category: Nepali Song: Geet Leave a comment A+ / A-

आ है देउसी भन सब, देउसी रे ! है आउन लाग्यो अब, देउसी रे ! नाङ्लो माथी धान चामल हालेर,सुनको थालमा दियो नि बालेर। घरवेटि बा हो कति मजाको, दक्षिणा नि के बिदी सजाको। आ है बाबाको मन, देउसी रे ! है आकास समान, देउसी रे ! है विशाल छाति, देउसी रे ! है रै छ धेरै माथि, देउसी रे ! देउसेलाई भनी, देउसी रे ! है दक्षिणा गनि, देउसी रे ! है देउसेको मन, देउसी रे ! खुसी पारीकन, देउसी रे ! दक्षउणा हाले, देउसी रे ! देउसे नाच्न थाले, देउसी रे ! आशीर्वाद दिदै छौँ हजुरलाई, दुःख पीडा नहोस् है कसैलाई। चिन्ता नहोस हजुरको मनमा,सुख शान्ति छाओस् है जिवनमा। अा है माटो छुदा अन्न होस्, देउसी रे ! ढुङ्गा छुदा द्रव्य होस्, देउसी रे ! पानी छुदा तेल होस्, देउसी रे ! आ है सीप ज्ञानमा पोख्त, देउसी रे ! रोगबाट मुक्त, देउसी रे ! भलो होस् सबको, देउसी रे ! यी देउसेका आशीक लिनुहोस्,अब हामलाई बिदा नि दिनुहोस् । भ्याउनु पर्ने यो सारा संसार, हाम्रो आफ्नेेै संस्कृति अनुसार ।

देउसी गीत Reviewed by on . आ है देउसी भन सब, देउसी रे ! है आउन लाग्यो अब, देउसी रे ! नाङ्लो माथी धान चामल हालेर,सुनको थालमा दियो नि बालेर। घरवेटि बा हो कति मजाको, दक्षिणा नि के बिदी सजाको आ है देउसी भन सब, देउसी रे ! है आउन लाग्यो अब, देउसी रे ! नाङ्लो माथी धान चामल हालेर,सुनको थालमा दियो नि बालेर। घरवेटि बा हो कति मजाको, दक्षिणा नि के बिदी सजाको Rating: 0

About Saugat.Ch

म साधारण मान्छे र मलाई साहित्यमा अति नै रुची छ। मलाई कथा, कविता, निबन्ध, उपन्यास, गीत आदि लेख्न एकदमै मन लाग्छ। जस कारण आज म यो "डुबुल्की"(site) को माध्यमबाट साहित्य छेत्रमा प्रवेश गर्दै केही योगदान दिने उदेश्यले कलम चलाउदै छु। आशा छ यहाँहरुलाई मेरो लेख रचना मनपर्नेछ र साथमा सल्लाह र सुझावको अपेक्ष्या पनि गर्दछु। धन्यवाद!!!

Leave a Comment

scroll to top