Tuesday , 7 February 2017

Home » Nepali Pray: Aarati » देउसी आशिष् गीत

देउसी आशिष् गीत (Deusi Aashish Geet)

October 28, 2014 7:44 am by: Category: Nepali Pray: Aarati Leave a comment A+ / A-

ढुङ्गा छुदा द्रव्य होस माटो छुदा अन्न लक्षीमीको बाँस होस घर होस सम्पन्न निर‍ोगी हुन सबैजना रोग टाढा जाओस पिरचिन्ता नहोस कहिल्यै मनमा शान्ति छाओस काम गर्नेलाई जाँगर आओस् विध्यार्थी भए ज्ञान जागीरेको तह बढोस् नेता भए सम्मान एक छोरा एक छोरी मीलेका हुन् सन्तान शशी सरी छोरा होस् छोरी चाँद समान बालीबिरुवा राम्रो होस बन्दबेपार राम्रो यो घरका बा आमालाई आशीर्वाद छ हाम्रो किलो दिए क्वीन्टल मिलोस, माना दिए मुरी ऐश किर्ती फैलियोस् देशमा उच्च रहोस् धुरी गायक भए गाउन सक्नु, लेखक भए लेख्ने ठूलो किर्ती फैलियोस् सबले असल देख्ने यी देउसेका आशीर्वाद हुन् सबै कुरा पुग्दछन् यो घरका शत्रु भए आजै देखि झुक्दछन् कार्तिकको यो दानले साँढे साति भागुन आजै देखि राम्रो होस मंगल ग्रह लागुन यत्ती जान्यौं बाबा आमा आशीर्बाद दिन अर्को घर नि जानू पर्छ लाग्यौं बिदा हुन।

देउसी आशिष् गीत Reviewed by on . ढुङ्गा छुदा द्रव्य होस माटो छुदा अन्न लक्षीमीको बाँस होस घर होस सम्पन्न निर‍ोगी हुन सबैजना रोग टाढा जाओस पिरचिन्ता नहोस कहिल्यै मनमा शान्ति छाओस काम गर्नेलाई जा ढुङ्गा छुदा द्रव्य होस माटो छुदा अन्न लक्षीमीको बाँस होस घर होस सम्पन्न निर‍ोगी हुन सबैजना रोग टाढा जाओस पिरचिन्ता नहोस कहिल्यै मनमा शान्ति छाओस काम गर्नेलाई जा Rating: 0

About Saugat.Ch

म साधारण मान्छे र मलाई साहित्यमा अति नै रुची छ। मलाई कथा, कविता, निबन्ध, उपन्यास, गीत आदि लेख्न एकदमै मन लाग्छ। जस कारण आज म यो "डुबुल्की"(site) को माध्यमबाट साहित्य छेत्रमा प्रवेश गर्दै केही योगदान दिने उदेश्यले कलम चलाउदै छु। आशा छ यहाँहरुलाई मेरो लेख रचना मनपर्नेछ र साथमा सल्लाह र सुझावको अपेक्ष्या पनि गर्दछु। धन्यवाद!!!

Leave a Comment

scroll to top