Friday , 3 March 2017

Home » Nepali Poem: Kabita » तिमी प्रति मेरा माया
तिमी प्रति मेरा माया

तिमी प्रति मेरा माया (Timi Prati Mera Maya)

January 18, 2016 5:58 am by: Category: Nepali Poem: Kabita Leave a comment A+ / A-

जब तिमी पिंडाले रुन्छेउ,
म तिम्रा आँशुहरु पुछिदिनेछु।
जब तिमी संसारदेखी डराउनेछेउ,
म तिम्रोसाथ हुनेछु।
जब तिमीलाई मेरो मायाँ चाहिन्छ,
म मेरो मुटु दिनेछु।
जब तिमी बिरामी पर्नेछेउ ,
म तिम्रो स्याहार्-सुसार गर्नेछु।

तिमीलाई थाहा छ ?
यि मेरा माया तिमी प्रति कहिल्यै सकिने छैनन।
तिमीलाई थाहा छ ?
यि मेराकसमहरु रितुझैं बदलिइनेछैनन।

तिमी एकपल्ट मेरो हृदयको दर्पणलाई चिहाएर हेर,
तिम्रो अभाबमा रगतको आँशुले पोतिएको एउटा मुटु छ,
मेरो मायाँतिमिलाई सदा-सदा सगरमाथाझैं अटल रहनेछ,
मेरो मायाँ प्यसिफिक महासागरझैं सदा-सर्बदा गहिरिएर रहनेछ।

Debendra Bhandari

तिमी प्रति मेरा माया Reviewed by on . जब तिमी पिंडाले रुन्छेउ, म तिम्रा आँशुहरु पुछिदिनेछु। जब तिमी संसारदेखी डराउनेछेउ, म तिम्रोसाथ हुनेछु। जब तिमीलाई मेरो मायाँ चाहिन्छ, म मेरो मुटु दिनेछु। जब तिम जब तिमी पिंडाले रुन्छेउ, म तिम्रा आँशुहरु पुछिदिनेछु। जब तिमी संसारदेखी डराउनेछेउ, म तिम्रोसाथ हुनेछु। जब तिमीलाई मेरो मायाँ चाहिन्छ, म मेरो मुटु दिनेछु। जब तिम Rating: 0

About Saugat.Ch

म साधारण मान्छे र मलाई साहित्यमा अति नै रुची छ। मलाई कथा, कविता, निबन्ध, उपन्यास, गीत आदि लेख्न एकदमै मन लाग्छ। जस कारण आज म यो "डुबुल्की"(site) को माध्यमबाट साहित्य छेत्रमा प्रवेश गर्दै केही योगदान दिने उदेश्यले कलम चलाउदै छु। आशा छ यहाँहरुलाई मेरो लेख रचना मनपर्नेछ र साथमा सल्लाह र सुझावको अपेक्ष्या पनि गर्दछु। धन्यवाद!!!

Leave a Comment

scroll to top