Sunday , 5 February 2017

Home » Nepali Poem: Kabita » मेरो पहिचान

मेरो पहिचान (My Identity)

My Identity

June 22, 2016 4:43 am by: Category: Nepali Poem: Kabita Leave a comment A+ / A-


दिदैछु मेरो पहिचान
शिरैमा लालीगुराँस अनि
हातमा त्रिकोणे झन्डा नै मेरो सान।

हिमाली हिँऊ सँगै खेल्दै,
पहाडमा लालीगुराँस सँग फूलें
डाँफे मुनाल सँगै नाच्दै,
आज म तराई भरि पहेंलीएँ।

ढाका टोपीमा खुकुरीका जोडी
सजाइदिनेछु मेरो दाजैको शिरैमा
दुई चुल्ठीमा रातो डोरी कसी
म नेपाली छोरी हिंड्नेछु मेलैमा।

के मगर राईनी के गुँरुङसेनी
सबै मेरा प्यारो मित्रता भएका सहेली
फरक भेषभुषा फरकै जीवनशैली भएपनि
एउटै हाम्रो भुमि अनि हाम्रो मन नेपाली।

ननिभोस् बुद्दका गाथा र शान्तिका दिप
नओइलियोस् ती सुन्दर गुराँसका पात
नभुलौँ डोको नाम्लो बुन्ने ती हाम्रा सीप
शत्रुका सामू लड्नुछ हामी नछोडौं साथ।

हृदयबाट राष्ट्रिय गान गुनगुनाउनु हे साथि
नेपाल आमालाई हसाई आशिर्वाद लिनुछ
पछाडिबाट होइन अगाडिबाट पुगौँ माथि
नेपाल आमाको नाम विश्वसामु फैलाउनुछ।

– रबिना कार्की

मेरो पहिचान Reviewed by on . म दिदैछु मेरो पहिचान शिरैमा लालीगुराँस अनि हातमा त्रिकोणे झन्डा नै मेरो सान। हिमाली हिँऊ सँगै खेल्दै, पहाडमा लालीगुराँस सँग फूलें डाँफे मुनाल सँगै नाच्दै, आज म म दिदैछु मेरो पहिचान शिरैमा लालीगुराँस अनि हातमा त्रिकोणे झन्डा नै मेरो सान। हिमाली हिँऊ सँगै खेल्दै, पहाडमा लालीगुराँस सँग फूलें डाँफे मुनाल सँगै नाच्दै, आज म Rating: 0

About Saugat.Ch

म साधारण मान्छे र मलाई साहित्यमा अति नै रुची छ। मलाई कथा, कविता, निबन्ध, उपन्यास, गीत आदि लेख्न एकदमै मन लाग्छ। जस कारण आज म यो "डुबुल्की"(site) को माध्यमबाट साहित्य छेत्रमा प्रवेश गर्दै केही योगदान दिने उदेश्यले कलम चलाउदै छु। आशा छ यहाँहरुलाई मेरो लेख रचना मनपर्नेछ र साथमा सल्लाह र सुझावको अपेक्ष्या पनि गर्दछु। धन्यवाद!!!

Leave a Comment

scroll to top