Sunday , 5 February 2017

Home » Nepali Poem: Kabita » कर्म

कर्म (Karma)

November 3, 2014 3:54 am by: Category: Nepali Poem: Kabita Leave a comment A+ / A-

Firefox_Screenshot_2014-11-03T05-05-30.392Z हत्केलाको रेखामा लेखीएका कत्ति कुरा, ढुक्क भइ नबसौँ काम नगरी हुन्न पुरा। हत्केलाको रेखा हैन, कर्मले चैँ लक्ष्य छुन्छ, दुइओटै हात नहुनेको पनि आखीर भाग्य हुन्छ। संघर्ष गर्नै पर्छ शिखरमा चढ्नलाई, लडे उठी हिँड्नै पर्छ अगाडी बढ्नलाई। काम गर्दै जानु पर्छ, कति हन्डर खानु पर्छ, हिँड्दा लड्यो भने पनि उठी अघी जानु पर्छ। बिउलाई रोपे पछि धेरथोर त फल्नै पर्छ, मट्टितेलमा आगो लाएसी आखीर त्यो बल्नै पर्छ। बगेको पानीले नै समुन्द्रलाई भेट्दछ, उडेको पन्छिले नै नयाँ ठाउँ देख्दछ। फाँटमा हराएको गोरु झैँ किन घुम्ने, अचुक शुत्र कर्म नै हो हाम्ले आफ्नो लक्ष्य चुम्ने। त्यसैले हामी पनि आजैबाट कर्म गरौँ, आफ्नो गाउँ समाजमा धेरथोर सुवास छरौँ।

कर्म Reviewed by on . हत्केलाको रेखामा लेखीएका कत्ति कुरा, ढुक्क भइ नबसौँ काम नगरी हुन्न पुरा। हत्केलाको रेखा हैन, कर्मले चैँ लक्ष्य छुन्छ, दुइओटै हात नहुनेको पनि आखीर भाग्य हुन्छ। स हत्केलाको रेखामा लेखीएका कत्ति कुरा, ढुक्क भइ नबसौँ काम नगरी हुन्न पुरा। हत्केलाको रेखा हैन, कर्मले चैँ लक्ष्य छुन्छ, दुइओटै हात नहुनेको पनि आखीर भाग्य हुन्छ। स Rating: 0

About Saugat.Ch

म साधारण मान्छे र मलाई साहित्यमा अति नै रुची छ। मलाई कथा, कविता, निबन्ध, उपन्यास, गीत आदि लेख्न एकदमै मन लाग्छ। जस कारण आज म यो "डुबुल्की"(site) को माध्यमबाट साहित्य छेत्रमा प्रवेश गर्दै केही योगदान दिने उदेश्यले कलम चलाउदै छु। आशा छ यहाँहरुलाई मेरो लेख रचना मनपर्नेछ र साथमा सल्लाह र सुझावको अपेक्ष्या पनि गर्दछु। धन्यवाद!!!

Leave a Comment

scroll to top