Tuesday , 30 September 2014

Home » Nepali Poem: Kabita » जिन्दगी
जिन्दगी

जिन्दगी

May 13, 2013 2:43 pm by: Category: Nepali Poem: Kabita Leave a comment A+ / A-

जिन्दगी सुख हो त दुःख पनि जिन्दगी हो
जिन्दगी आनन्द हो त दर्द पनि जिन्दगी हो।
जिन्दगी जन्म हो त मृत्यु पनि जिन्दगी हो
जिन्दगी शुरुवात हो त अन्त पनि जिन्दगी हो।
जिन्दगी दिनु हो त लिनु पनि जिन्दगी हो
जिन्दगी बाड्नु हो त लुट्नु पनि जिन्दगी हो।
जिन्दगी हाँसो हो त रोदन पनि जिन्दगी हो
जिन्दगी मज्जा हो त पिडा पनि जिन्दगी हो।
जिन्दगी धर्म हो त पाप पनि जिन्दगी हो
जिन्दगी कर्म हो त त्याग पनि जिन्दगी हो।
जिन्दगी प्राप्ति हो त गुमाइ पनि जिन्दगी हो
जिन्दगी मीलन हो त बिछोड पनि जिन्दगी हो।
जिन्दगी दाता हो त भिखारी पनि जिन्दगी हो
जिन्दगी राजा हो त योगी पनि जिन्दगी हो।
जिन्दगी मालीक हो त सेवक पनि जिन्दगी हो
जिन्दगी सेठ हो त नोकर पनि जिन्दगी हो।
जिन्दगी सम्मान हो त अपमान पनि जिन्दगी हो
जिन्दगी प्रेम हो त घ्रिणा पनि जिन्दगी हो।
जिन्दगी इमान्दारीता हो त फट्याईँ पनि जिन्दगी हो
जिन्दगी शान्ति हो त क्रान्ति पनि जिन्दगी हो।

जिन्दगी Reviewed by on . जिन्दगी सुख हो त दुःख पनि जिन्दगी हो जिन्दगी आनन्द हो त दर्द पनि जिन्दगी हो। जिन्दगी जन्म हो त मृत्यु पनि जिन्दगी हो जिन्दगी शुरुवात हो त अन्त पनि जिन्दगी हो। ज जिन्दगी सुख हो त दुःख पनि जिन्दगी हो जिन्दगी आनन्द हो त दर्द पनि जिन्दगी हो। जिन्दगी जन्म हो त मृत्यु पनि जिन्दगी हो जिन्दगी शुरुवात हो त अन्त पनि जिन्दगी हो। ज Rating: 0

About Saugat.Ch

म साधारण मान्छे र मलाई साहित्यमा अति नै रुची छ। मलाई कथा, कविता, निबन्ध, उपन्यास, गीत आदि लेख्न एकदमै मन लाग्छ। जस कारण आज म यो "डुबुल्की"(site) को माध्यमबाट साहित्य छेत्रमा प्रवेश गर्दै केही योगदान दिने उदेश्यले कलम चलाउदै छु। आशा छ यहाँहरुलाई मेरो लेख रचना मनपर्नेछ र साथमा सल्लाह र सुझावको अपेक्ष्या पनि गर्दछु। धन्यवाद!!!

Leave a Comment

scroll to top