Friday , 23 June 2017

Home » Nepali Poem: Kabita » कृतज्ञ छु

कृतज्ञ छु (Grateful For)

Grateful For

February 4, 2017 2:57 pm by: Category: Nepali Poem: Kabita Leave a comment A+ / A-
हजुरहरूको चाहनामा
मेरो जिवन
यस सुन्दर संसारमा आमन्त्रण गर्ने
मेरो आमा बुबा !

बुबाको एक बुँद त्यो विर्य
कतै खेर गएको भए
आमाले आफ्नो मृत्यु वरण
सम्म हुन सक्ने
त्यो प्रशव पिडा
हाँसी हाँसी स्वीकार नगरेको भए
के मेरो जन्म संभव हुन्थ्यो ?
पक्कै हुने थिएन !
हजुरहरूको सन्तानको हुन पाएकोमा
म शौभाग्यशाली ठान्छु ।
कुनै त्यस्तो शब्द छैन
जुन हजुरहरूको प्रशंसाको लागी
पर्याप्त होस

मलाई धर्तिमा आफ्नो सन्तानको रूपमा
पाइला टेकाउने हजुरहरू
महान हुनु हुन्छ
म सदाको लागी कृतज्ञ छु ।
—————————
बाबुराम पन्थी “गुल्मेली”
तम्घास, गुल्मी
कृतज्ञ छु Reviewed by on . हजुरहरूको चाहनामा मेरो जिवन यस सुन्दर संसारमा आमन्त्रण गर्ने मेरो आमा बुबा ! बुबाको एक बुँद त्यो विर्य कतै खेर गएको भए आमाले आफ्नो मृत्यु वरण सम्म हुन सक्ने त्य हजुरहरूको चाहनामा मेरो जिवन यस सुन्दर संसारमा आमन्त्रण गर्ने मेरो आमा बुबा ! बुबाको एक बुँद त्यो विर्य कतै खेर गएको भए आमाले आफ्नो मृत्यु वरण सम्म हुन सक्ने त्य Rating: 0

About Baburam Panthi

identicon
बाबुराम पन्थी "गुल्मेली", ठेगाना : रेसुड्गा नगरपालीका वाड नं १ तम्घास गुल्मी , नेपाल हाल : मकाउ ,चिन

Leave a Comment

scroll to top